२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ललितपुरको कुमारीपाटीमा कामना सेवा विकास बैंककोे १००औं शाखा

ललितपुरको कुमारीपाटीमा कामना सेवा विकास बैंककोे १००औं शाखा

630
Shares

ललितपुर– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा ललितपुर महानगरपालिका वडा नं. २० स्थित कुमारीपाटीमा आफ्नो १०० औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
बैंकका अध्यक्ष सुदिप आर्चाय तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिव राज श्रेष्ठले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । बैंकले १००औं शाखा स्थापनाको अबसरमा ग्राण्डी अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणको आयोजना समेत गरेको थियो ।
उद्घाटन कार्यक्रममा डेपुटी गभर्नर शिव राज श्रेष्ठले बैंकले छोटो अवधिमा राम्रो प्रगति गरी एउटा सवल बैंक बन्न सफल भएकोमा आगामी दिनमा बैंक अझै मजबुत हुदै जाने र देशको अर्थिक विकासमा टेवा पुराउने कुरामा आफू विश्वस्त रहेको बताए । बैकिङ्ग क्षेत्रमा विभिन्न खाले जोखिम र चुनौतीहरु थपिंदै गएको हुँदा अत्यन्तै चनाख भएर काम गर्न सुझाव समेत दिए ।
यसै अबसरमा बैंकले स्वर्णिम सुरक्षित बचत खाताको अपार सफलता पछि समय सापेक्ष व्यवसाय प्रवर्धन तथा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विविध विशेषता सहितको स्वर्णिम सुरक्षित प्रिमियम बचत खाताको शुभारम्भ समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij