२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाण्डौ नेचुरोपेथी अस्पताल अत्याधुनिक सेवासुविधासहित सुरु

काठमाण्डौ नेचुरोपेथी अस्पताल अत्याधुनिक सेवासुविधासहित सुरु

885
Shares

काठमाण्डौ – योग तथा प्राकृतिक चिकित्साको क्षेत्रमा अत्याधुनिक सेवासुविधासहित काठमाडौँ नेचुरोपेथी अस्पतालले सेवा शुभारम्भ गरेको छ।
काठमाडौँको बसन्धुरा चोकमा स्थापित यस अस्पताल आधुनिक प्रविधिहरुको माध्यमबाट बिना अप्रेशन र बिना औषधी नैै उपचार गरिने अत्याधुनिक प्राकृतिक अस्पताल हो । यस अस्पतालमा औषधीविहीन चिकित्सा पद्दतिहरु प्राकृतिक चिकित्सा, योगथेरापी, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, भोजन परामर्श साथै जीवनशैली क्लिनिकको माध्यमबाट उपचार गरिने अस्पतालका मेडिकल निर्देशक डा. यञ्जन गैह्रेले बताउनुभयो ।
डा. गैह्रेका अनुसार, यस अस्पतालमा विशेषगरी दीर्घकालिन रोगहरु कम्मर, गर्दन घुँडा दुखाई, प्यारालाइसिस, नशा च्यापिने तथा नशा सम्बन्धी समस्या, बाथ, हड्डी खिइने तथा हाडजोर्नी सम्बन्धी समस्या, पिनास, माइग्रेन, टाउको दुखाइ, तनाव, डिप्रेसन तथा अन्य मानसिक समस्या, मधुमेह, उच्च रक्तचाप, ग्यास्ट्रिक, पायल्स, कब्जियत, दम, खोकी, महिनावारी गडबडी, मोटपना आदि जस्ता अव्यवस्थित जीवनशैलीका कारण आउने रोगहरुको निदान गरिन्छ ।

अन्तरंग सेवा, बहिरंग सेवा, ल्याब, भीआइपी आवास कक्ष रहेको काठमाडौँ नेचुरोपेथी अस्पतालमा बिरामीमैत्री, शान्त तथा पारिवारिक वातावरणमा दक्ष, अनुभवी तथा विशेषज्ञ प्राकृतिक चिकित्सक, फिजियोथेरापिष्ट, योग थेरापिष्ट, नेचुरल थेरापिष्ट, नर्सिङ स्टाफ र अन्य अनुभवी जनशक्तिबाट बिरामीको उपचार गरिने अस्पतालका अध्यक्ष गणेश पाण्डेले बताउनुभयो । उहाँका अनुसार, बिरामीलाई मात्रै नभई निरोगीलाई समेत दीर्घजीवी रहनका लागि यस अस्पतालले व्यवस्थित जीवनशैली क्लिनिक सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij