२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिवि जनप्रशासन विभागमा तालाबन्दी

त्रिवि जनप्रशासन विभागमा तालाबन्दी

1.1K
Shares

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अनुचित ढङ्गले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गरेको आरोप लगाउँदै त्यसको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी सङ्घले विभागमा तालाबन्दी गरेको छ।

विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलनलाई तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाइएको भन्दै सङ्घको जनप्रशासन क्याम्पस एकाइ आन्दोलित बनेको हो।

त्रिविले निमित्त प्रमुख प्राध्यापक यशोधा काफ्लेको तीनमहिने कार्यकाल सकिएपछि उपप्राध्यापक हरिभक्त शाहीलाई निमित्त प्रमुख नियुक्त गरेको छ। शाहीको नियुक्तिसँगै विद्यार्थी आन्दोलनमा उत्रेका छन्।

वरिष्ठतम प्राध्यापकलाई विभागीय प्रमुख नियुक्त गर्नुपर्ने, एउटै व्यक्ति दुई संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने मागसहित तालाबन्दी गरिएको सङ्घका एकाइ अध्यक्ष सुदीप श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij