२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एन आई सी एशिया र वल्र्डलिङ्क बीच सम्झौता

एन आई सी एशिया र वल्र्डलिङ्क बीच सम्झौता

795
Shares

काठमाडौं – एन आई सी एशिया बैंक र वल्र्डलिङ्क कम्युनिकेसन्स् लि.बीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ । सो सम्झौता बमोजिम एन आई सी एशिया बैंकका ग्राहकहरुले २०७६ आश्विन ३० देखि २०७६ कात्र्तिक १६ गते (छठ पर्व) सम्म वल्र्डलिङ्कको इन्टरनेट बिल, मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०% वा अधिकतम रु ३००/ सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । साथै वल्र्डलिङ्कका ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वल्र्डलिङ्कका कुनै पनि आउटलेट तथा शाखाहरुबाट इन्टरनेटको बिल सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र वल्र्ड लिङ्क लि.को तर्फबाट वल्र्डलिङ्कका प्रमुख वित्त अधिकृतसंजय कुमार साहले हस्ताक्षर गर्नुभयो ।

हाल यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३७८ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij