२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालबाट दिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी घाइते

नेपालबाट दिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी घाइते

645
Shares

काठमाडौं – नेपालबाट भारतको राजधानी नयाँदिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्री घाइते भएका छन् । घाइते हुनेमा अधिकांश नेपाली नागरिक रहेको बताइएको छ ।
आइतबार बिहान भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर उक्त बस दुर्घटना भएको हो । घाइतेहरुलाई लोहिया अस्पताल भर्ना गरिएको र उनीहरुको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नेपालगञ्ज प्रहरीका अनुसार बस दुर्घटनाबारे प्रारम्भिक जानकारी आएको र यसबारे थप विवरण आउन बाँकी रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij