२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार प्रस्थान

995
Shares

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी छिन्। भण्डारी शीतलनिवासबाट सिधैं हेलीकोप्टर चढेर विमानस्थल पुगेकी हुन्। सडक जाम हुने भएपछि राष्ट्रपति भण्डारी हेलिकोप्टर चढेर विमानस्थल पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्तको निमन्त्रणामा बुधबार म्यानमार प्रस्थान गरेकी हुन्।भण्डारी बुधबारदेखि कात्तिक ३ गतेसम्म म्यानमारमा रहने कार्यतालिका छ।
राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरेका थिए।
राष्ट्रपतिको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij