२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिन्धु विकास बैंकको शाखा चितवनको नारायणगढमा

सिन्धु विकास बैंकको शाखा चितवनको नारायणगढमा

965
Shares

काठमाडौं–सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले चितवन जिल्लाको नारायणगढ बजारमा बैंकको शाखा स्थापना गरेको छ । उक्त शाखाको बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले समुद्घाटन गर्नु भएको थियो । सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा निमित्त प्रमुख कार्यकारी अधिकृत प्रमोद न्यौपानेले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो । बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको चनौली र मकवानपुर जिल्लाको हेटौडा बजार लगायत विभिन्न स्थानहरुमा बैंकको शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्दैछ ।
यस बैंकले प्रधान कार्यालय बाह्रविसे तथा बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग, विकासचोक, नारायणगढ गरी कुल १९ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल २१ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij