२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पोखरीमा डुबेर १६ महिने नाबालकको मृत्यु

पोखरीमा डुबेर १६ महिने नाबालकको मृत्यु

580
Shares

विराटनगर-विराटनगर महानगरपालिका-१७ मटेरुवास्थित माछापोखरीमा डुबेर मंगलबार साँझ १६ महिने बालकको मृत्यु भएको छ। सागर ऋषिदेवको घर छेउमा रहेको माछापोखरीमा डुबेर मृत्यु भएको हो।

खेल्दै जाने क्रममा अचानक पोखरीमा डुबेका बालकलाई तत्काल उद्धार गरी उपचारको लागि कोसी अञ्चल अस्पताल विराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij