काठमाडौं -यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ।
पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमी असोज २१ गते मंगलबार दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो।
घटस्थापनाका लागि पनि १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटकै समय उत्तम रहेको बताइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij