नेपाल टेलिकमले डाटा रोमिङ सेवा शुरु गरेको छ। पोस्टपेड ग्राहकहरुलाई लक्षित गरी ८७ मुलुकका १ सय ९२ भन्दा बढी मुलुकमा भ्वाइस अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको कम्पनीले अवदेखि डाटा रोमिङ पनि शुरु गरेको छ।
कम्पनीले जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु भारत र चीनमा रोमिङ सेवा उपलब्ध गराएको छ । कम्पनीले भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पनि उपलब्ध गराएको जानकारी दिएको छ। अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा सामयिक परिमार्जन गर्ने उद्देश्यले विगतका दिनहरुमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा केही समय बन्द गरिएकोमा हाल पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ।
नेपाल टेलिकमका ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्राप्त गरी भारतमा जाँदा भ्वाइस र एसएसएम का साथै इन्टरनेट सेवा पनि उपयोग गर्न सकिने छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij