२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुई ओटा बिक्यो ‘औडी’

दुई ओटा बिक्यो ‘औडी’

750
Shares

विश्व विख्यात सवारी निर्माता कम्पनी औडीको इ–र्टन मोडलको एसयुभी नेपालमा २ ओटा बिक्री भएको छ। प्रिन्सा मोटर्सले नेपाल भित्राएको औडीको विद्युतीय एसयुभी इ–र्टन ३ मध्ये २ वटा विक्री भइसकेको औडी गाडीको बिक्री वितरणको जिम्मा पाएको राम्रो मोटर्सका संचालक विशाल वथवालले जानकारी दिए।

‘सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएकोले औडीको विद्युतीय एसयुभी नेपाल ल्याइएको हाे, प्रतिकृया निकै राम्रो आइरहेको छ,’ उनले सेतोपाटीसँग भने।

फूल चार्जमा ४ सय किलोमिटर चल्न सक्ने भनिएको इ–र्टन १ सय ५० किलोवाटको चार्जरले २५ मिनेटमा फूल चार्ज हुने उनले जानकारी दिए।
४ ह्विल ड्राइभको इ–र्टन मूल्य कम्पनीले १ करोड ७५ लाख निर्धारण गरेको छ। यो मूल्य तुलनात्मक रुपमा सस्तो भएको वथवालले बताए।‘ब्राण्ड हेरी यो मूल्य सस्तो हो। कम्पनीले थोरै मात्र मार्जिन राखेर गाडी बेचेको छ,’ उनले भने।

कम्पनीले ग्राहकको सेवाको लागि धुम्बाराइमा सर्भिस सेन्टर समेत बनाईसकेको उनले जानकारी दिए। अहिलेसम्म अडी व्यवसायी सौरभ ज्योति र विष्णु न्यौपानेले किनेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij