२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शुक्रबारबाट नेपाल एसएमई व्यापार मेला

शुक्रबारबाट नेपाल एसएमई व्यापार मेला

905
Shares

काठमाडौं – ‘नेपाल एसएमई व्यापार मेला’ आयोजना हुने भएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विहीबारबाट काठमाडौंको भृकृटीमण्डपमा सो मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको महासंघका अध्यक्ष बाबुकाजी महर्जनले बताए । ५ दिनसम्म चल्ने मेलामा क्रेताले स्वदेशी उत्पादनको उपयोग गर्न पाउने र विक्रेताले आफ्नो उत्पादनको मागबारे जानकारी लिने पाउने अपेक्षा गरिएको छ ।

विश्व पर्यटन दिवसको अवसर पारेर आयोजना गर्न लागिएको सो मेलामा महिलाहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरुलाई विशेष आकर्षणको रुपमा राखिनेछ । मेलाको पर्यटन, संस्कृति तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij