काठमाण्डौ – लायन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५ A2 Second VDG) केशव पाण्डेले सामाजिक कार्यका लागि सबै एक जुट भएर लाग्नुपर्ने बताएका छन् । लायन्स क्लब स्वीट होम भक्तपुरले काठमाण्डौ गोकर्णेश्वर नगरपालिका–९ स्थित शंखुडोलमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् । साथै उनले सामाजिक र मानवीय सेवामा लाग्नु नै लायन्स सदस्यहरुको पहिलो उत्तरदायित्व रहेको धारणा व्यक्त गर्दै पर्यावरण संरक्षणमा क्लबले गरेको वृक्षारोपण कार्य सराहनीय रहेकोले सबैमा आभार व्यक्त गरे ।

एरिया को–अर्डिनेटर सुदाम कार्की, क्लब प्रेसिडेण्ट केबल पण्डित लगायत क्लबका सदस्यहरु सहभागी रहेको उक्त वृक्षारोपण कार्यक्रममा स्थानीय भगवती युवा क्लबको संयोजनमा विभिन्न प्रजातिका ५० बोट बिरुवा रोपिएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij