काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गले कार मेला सम्पन्न गरेको. छ। कार्निभल नाम दिइएको उक्त कार मेला ४ दिनसम्म टाटा मोटर्सको शोरुम थापाथली सम्पन्न भएको हो।
प्रत्येकवर्ष टाटा मोटर्सले आयोजना गर्ने यस कार्यक्रममार्फत टाटा मोटर्सले ग्राहकहरुबाट निकै नै राम्रो प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ।
बिशेष गरी बार्षिक रुपमा आयोजना हुने यस्ता कार्यक्रममा ग्राहकले बिभिन्न अफरहरु र विशेष छुट पाएका छन्।कार्यक्रममा १ हजार भन्दा बढि ग्राहकहरको आगमन भएको कम्पनीको दावी छ।
आजको प्रतिष्पर्धी बजारलाई ध्यानमा राखि बजारमा रहेको भन्दा फरक र आकर्षक छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्ण रुपमा सन्तुष्टि र लाभ प्राप्तभएको सिप्रदी र्टेडिङका प्रमुखकार्यकारी अधिकृत राजनबाबु श्रेष्ठलेदावी गरे।
यस मेलामा विभिन्न मोडलका १ सय ३ ओटा नयाँ गाडी बुकिङ्ग भएको कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij