काठमाडौं-एसियाली विकास बैंकको ट्रेड फाइनान्स कार्यक्रम र लक्ष्मी बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ। नेपालमा ऋण विस्तार गर्नका लागि सम्झौता भएको हो।
सन् २००९ देखि नेपालमा चालु रहेको एडिबीको यो कार्यक्रमले हालसम्म ८२ मिलियन अमेरिकी डलर बराबरको व्यापारमा सहयोग गरेको जानकारी दिएको छ। कृषि, निर्माण, सोलार र तयारी पोसाकजस्ता व्यापारमा यो कार्यक्रमले सहयोग परिचालन गर्दै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij