काठमाडौ-लोककीर्ति जेष्ठ नागारिक कोष र जलजला मास्के परिवार संस्थाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई १० वटा कार्डियाक टेबुल प्रदान गरेको छ । संस्थाले बुधबार एक कार्यक्रमका बीच शिक्षण अस्पतालको कार्यकारी निर्देशकलाई उक्त १० वटा टेबुल हस्तान्तरण गरेका हुन् ।
लोककीर्ति जेष्ठ नागरिक कोष खडा गर्ने रचना मास्केले शिक्षणमा कार्यरत रहँदा कार्डियाक टेबुल अस्पताललाई सहयोग गर्ने सोच बनाएकी थिइन् । तर रचनाको २०७५ साल मंसिर २५ गते असामयिक निधन भएपछि यो सपना अधुरै रहेको थियो ।
त्यो अधुरो सपनालाई अहिले उनका पति ओम मास्केले पूरा गरेका छन् । मास्केले आफ्नो स्वर्गीय धर्मपत्नी रचनाको सपना पूरा गर्न शिक्षण अस्पताललाई १० वटा कार्डियाक टेबुल प्रदान गरेका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij