२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रदेश ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाले दिए राजीनामा

प्रदेश ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाले दिए राजीनामा

870
Shares

काठमाडौं- प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका छन्।
देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाँझिएर राजीनामा नदिएको बताए।
मुख्यमन्त्री डोरमणि पौडेलले विश्वास गरेर सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेश प्रोफाइल तयार पारेको, समयमै आधारपत्र तयार पारेको, लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको तथा प्रदेश सरकारलाई पाँच वर्षसम्म आवश्यक पर्ने विभिन्न योजनाहरू निर्माण गरेको उनको भनाइ छ।
पदमा रहँदा मुख्यमन्त्री तथा प्रदेश सरकारको सधैं साथ सहयोग गरेको भए पनि बाहिर बसेर अध्ययन बढाउनुपर्ने कारण राजीनामा दिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij