२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रेमीमाथि बलिउड नायिकाले लगाइन् बलात्कारको आरोप

प्रेमीमाथि बलिउड नायिकाले लगाइन् बलात्कारको आरोप

1.2K
Shares

मुम्बईकी एक मोडल एवं नायिकाले हालै आफ्ना प्रेमीमाथि बलात्कारको आरोप लगाएकी छिन् । नायिकाले यो मामलामा प्रेमीविरुद्ध मुद्दा पनि दर्ता गरेकी छिन् ।

भारतीय समाचार एजेन्सीका अनुसार नायिकाले आफ्ना प्रेमीले उनको शोषण र बलात्कार गर्ने आरोप लगाएकी छिन् । मिडिया रिपोर्टमा नायिकाको नाम गोप्य राखिएको छ भने उनका प्रेमीको नाम पनि सार्वजनिक गरिएको छैन । यसबारे पुलिसले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

नायिकाका अनुसार उनले सन् २०१७ मा ती युवकलाई एक सुटको बेला भेटेकी थिइन् । उनका अनुसार नोएडामा बस्ने ती युवक नायिकालाई भेट्न बारम्बार मुम्बई आइरहन्थे । नायिकालाई विश्वास गर्ने हो भने ती युवकले आफू विवाहित भएको कुरा वर्षौैंसम्म लुकाएर राखेका थिए । विवाहको झुटो आश्वासन दिएर यौन सम्बन्ध राख्न बाध्य बनाएको पनि उनले पुलिसलाई जानकारी दिइन् ।

रिपोर्टमा यो पनि भनिएको छ कि ती व्यक्तिले नायिकालाई विभिन्न कुरामा बन्देज लगाउने गर्दथे । आरोपीले पीडितलाई कुनै पनि पुरुषसँग काम नगर्न दबाब दिन्थे । यसका साथै साथीबाट पनि टाढै बस्न भन्थे । उनले भनेको नमान्दा ती युवकले कुटपिटसमेत गर्ने गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij