काठमाडौं– ‘साइन रेसुंगा डेभलपमेन्ट बैंक’ र ‘खल्ती डिजिटल वालेट’बीच डिजिटल भुक्तानी सम्बन्धि सम्झौता भएको छ। साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रमोद पौडेल र खल्तीका निर्देशक ध्रुब अधिकारीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौता अनुसार बैंकका ग्राहकले मोबाईल बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानीगर्न सक्नेछन्।
प्रविधिको प्रयोग गरेर विभिन्न बैंकिङ्ग तथा वित्तीय समस्या समाधान गर्न खोजेको बताउँदै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रमोद पौडेलले यसको माध्यमबाट ग्राहकले मोबाईलबाटै सबै किसिमका सेवा प्राप्तगर्न सक्ने बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij