२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौंकाे हाडीगाउँमा होमस्टे

काठमाडौंकाे हाडीगाउँमा होमस्टे

1.1K
Shares

काठमाडौं – काठमाडौं महानगरपालिको हाडीगाउँमा घरबास (होमस्टे) सञ्चालन हुने भएको छ। पौराणिक तथा ऐतिहासिक महत्व बोकेको हाडीगाउँमा महानगरकै पहिलो होमस्टे सञ्चालन गर्ने तयारी गरिएको छ।

होमस्टे सञ्चालन गर्नका लागि २८ जना जनशक्ति तयार भएको आयोजन संस्था त्रिशक्ति महिला समूहकी अध्यक्ष उमा कार्कीले बताइन्। ‘हामीले यहि असार १९ गतेदेखि ३५ गतेसम्म होमस्टे सञ्चालन गर्न सैद्धान्तिक ज्ञान लियौं,’ उनले भनिन्, ‘अब प्रयोगात्मक ज्ञान लिएर होमस्टे सञ्चालन गर्छौं।’ नेपालको पौराणिक कला र संस्कृति हेर्न जाऔं हाडीगाउँ भन्दै उनले थपिन्, ‘स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य हाडीगाउँ बन्ने छ।’

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा उक्त प्रशिक्षण सञ्चालन गरिएको हो। कार्यक्रममा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का कार्यकारी निर्देशक दुर्गादत्त ढकालले सैद्धान्तिक ज्ञान हासिल गरेका प्रशिक्षार्थीलाई प्रयोगात्मक ज्ञानका लागि नाथमले सहयोग गर्ने बताए। आगामी साउन पहिलो साता नै प्रयोगात्मक ज्ञान हासिल गरेर होमस्टे सञ्चालन गर्नसमेत उनले सुझाए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij