काठमाडौं – ‘गलबन्दी’ गीतको विवाद ४ बुँदे सहमतिमा टुंगिएको छ । वरिष्ठ गायक शम्भु राई र गायक प्रकाश सपुतवीच गीतको लयका विषयमा केही समयदेखि लफडा चलिरहेको थियो । तर, प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको छ ।
गायक शम्भु राईले यसमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यलयमा उजुरी दर्ता गरेका थिए ।
गीतको विवादबारे बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा राई र सपुतवीच ४ बुँदे सहमति भएको छ । सहमति अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij