२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युवतीको प्रेमजालमा फसेर सैनिकले गुमाए साढे चार लाख

युवतीको प्रेमजालमा फसेर सैनिकले गुमाए साढे चार लाख

805
Shares

सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएको युवतीको प्रेमजालमा पर्दा नेपाली सेनाका एक जवानले साढे चार लाख रुपैयाँ गुमाएका छन् । दोलखा सैलुङ–५ का हरिबहादुर कार्की युवतीबाट ठगिएका हुन् ।
महानगरीय अपराध महाशाखाका अनुसार उनलाई प्रेमजालमा पार्ने २३ वर्षीया कल्पना बस्नेत भुजेल हुन् । उनले फेसबुकमा अर्कै युवतीको फोटो राखी बनाएको ‘फेक आइडी’बाट कार्कीलाई प्रेमजालमा परेकी थिइन् । आफ्नो ‘ओपन हार्ट सर्जरी’ गर्नुपर्ने भन्दै उनले कार्कीसँग पटक–पटक गरी साढे चार लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।
महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार युवतीले चलाखीपूर्ण ढंगले कार्कीसँग रकम लिएको खुलेको बताए । ‘दुवै एकै ठाउँका हुन् । युवती विवाहित र बालकोटमा बस्ने रहिछन् । उनले अर्कै केटीको फोटो राखेर फेसबुकमा फेक आइडी बनाई प्रेमजालमा पारेको देखिन्छ,’ एसएसपी थापाले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij