परीक्षणका क्रममा भत्केको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर सरकारले मर्मत गर्ने भएको छ । यसअघि मूल नहरको मर्मत सरकार वा ठेकेदार कम्पनीमध्ये कसले गर्ने भन्नेबारे विवाद थियो । सरकारी अधिकारीहरुले परीक्षणका क्रममा भत्केकाले मर्मतको दायित्व आफ्नो नहुने तर्क ठेकेदार कम्पनीले गर्दै आएको थियो ।
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशक सरिता दवाडीको सिक्टामा राज्यको ठूलो लगानी भइसकेकाले भत्केको मूल नहरमा थप क्षति नहोस् भनेर मन्त्रिपरिषद्ले मर्मतका लागि ६० लाख रुपैयाँ दिने निर्णय गरेकाले वर्षअघि नै मर्मत हुन्छ,’ उनले भनिन् । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij