२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुठी विधेयक खारेज नै गर्नुपर्ने गुठियारहरुको माग

गुठी विधेयक खारेज नै गर्नुपर्ने गुठियारहरुको माग

805
Shares

काठमाडौं – हिजो सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि उपत्यकाका गुठियारहरुले गुठी विधेयक खारेज नै गर्नुपर्ने माग गरेका छन् ।
बुधबार काठमाडौंको माइतीघरमा दिनभर विरोध प्रदर्शन भएको छ । आन्दोलनकारीहरुले विधेयक फिर्ता लिएर मात्रै आन्दोलन नरोकिने बताउँदै विधेयक खारेजी आफ्नो बटमलाइन भएको घोषणा गरेका छन् । सरकारले विधेयक खारेज गरेको घोषणा नगरेसम्म आन्दोलन नरोकिने उनिहरुले घोषणा गरे ।
बुधबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट निस्केको जुलुस माइतीघर मण्डलामा आइपुगेर सभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा सहभागीहरुले एकै स्वरमा आफ्नो बटमलाइन सुनाए, ‘सरकारले गुठी विधेयक फिर्ता लिएर मात्रै पुग्दैन, फिर्ता नलिँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’
माइतीघर मण्डलामा उपत्यकाका ४० भन्दा बढी गुठीहरूका तर्फबाट सहभागिता जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij