२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

देवः विकास बैंकको नयाँ शाखा सुर्खेतमा

देवः विकास बैंकको नयाँ शाखा सुर्खेतमा

815
Shares

काठमाडौँ – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ एरिचोकमा देवः विकास बैंक लि.को नयाँ शाखा बिस्तार भएको छ । असार २ गते वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले शाखा उद्घाटन गरेका हुन् । बैंक संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा बिशेष वीरेन्द्रनगर नगरपालिकाका प्रमुख सुवेदीले शाखा उद्घाटन गरेका हुन् ।
उपरोक्त कार्यक्रममा स्वागत मन्तव्य दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न तथा सेवाग्राहीहरुलाई सहज वित्तीय पहुँचका साथै निक्षेपकर्ता, स्थानीय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने बताए ।
कार्यक्रममा बैंकको गतिविधि माथी प्रकाश पार्नु हुँदै बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुसालले स्थानीय उत्पादकत्व बढाउन स्थानीय श्रोत परिचालन गरी बैंकले लघु वित्त, साना तथा मझौला व्यवसायमा केन्द्रित रहने र कर्णाली प्रदेशमा आगामी दिनहरुमा थप शाखा संचालन गरी सेवा विस्तार गरिने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij