२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टिभीएस “सुपर सिजन फाइनान्स फेयर“, यस्ता छन् अफरहरु

टिभीएस “सुपर सिजन फाइनान्स फेयर“, यस्ता छन् अफरहरु

1.2K
Shares

काठमाडौं– नेपालका लागि टिभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स तथा एक्स्चेञ्ज मेला “ टिभीएस सुपर सिजन फाइनान्स फेयर” को आयोजना गर्ने भएको छ ।
यो नेपालमै पहिलो पटक आयोजन हुन गैरहेको बिषेश किसिमको मेला हो । यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डपमा संचालन हुने मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स सुविधा, एक्सचेन्ज अफरका साथै बचतको अवसर पनि प्राप्त गर्नेछन् ।
ग्राहकहरुले ७.९९ प्रतिशत ब्याजको फाइनान्स सुविधाका साथ २० प्रतिशत शुरु भुक्तानीमा विश्वस्तरीय टिभीएस टु ह्वीलर आफ्नो बनाउन सक्नेछन् । साथै ग्राहकहरुलाई गजबको आकर्षक मासिक किस्ता ५,५०० बाट सुरु हुनेछ । यी सबैभन्दा पनि ज्यादा ग्राहकहरुले हरेक एक्स्चेञ्जमा ३०,००० सम्मको बोनस पनि प्राप्त गर्न सक्नेछन् ।
मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र स्क्य्राच कार्डमार्फत् ७,००० देखि १,००,००० सम्म पक्का पक्की नगद पुरस्कार जित्ने मौका पनि रहेका छन् । यसका अतिरिक्त मेलामा टिभीएस बाइक खरीद गर्ने ग्राहकहरुले टिभीएसका सामानहरु हेलमेट, बाइक कभर र रेनकोट सित्तैंमा प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij