काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार बलियो भए पनि अठोटका साथ कुनै पनि काम गर्न नसकेको बताए
प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री–जी’ को सोमबार काठमाडौंमा विमोचन गर्दै उनले कांग्रेसले समृद्धिका लागि आधार तयार पारे पनि वर्तमान सरकारले त्यसलाई अघि बढाउन नसकेको बताए।
महामन्त्री कोइरालाले सरकारले प्रदेश र स्थानीय तहमा तीस प्रतिशत बजेट पनि विनियोजन नगरेकोमा आपत्ति जनाएका छन्।
उनले कांग्रेसलाई बीपी कोइरालाको मार्गचित्र अनुसार अघि बढाउन आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij