काठमाडौं -एनआईसी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड ‘ईद–उल–फितर’का अवसरमा यही जेठ २२ देखि ३० गतेसम्म कुनै पनि नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदान गर्ने भएको छ।
यस योजनाबाट डिजिटल बैंकिङमा टेवा पुग्नुका साथै ग्राहक लाभांबित हुने बैंकको भनाइ छ।बैंकका देसभरि २८४ शाखा, २९१ एटिएम, ४३ वटा एक्स्टेन्सन काउन्टर एवं ३१ वटा शाखारहित बैंकिङ ईकाइ छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij