काठमान्डौँ -आधुनिक सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” गीतको भिडियो सार्वजनिक भएको छ ।जिवन खत्रीको शब्द तथा डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज गीतमा रहेको छ ।
प्रेमील मनको भित्री व्याथालाई गीतमा समेटिएको छ । सुशिल डाँगीको छायाँकन, निरज केसीको सम्पादन तथा आयुष क्षेत्रीको निर्देशन भिडियोमा रहेको छ । शिल्पा पोखरेल, रोहित बावा, कुमार थापा अनिता घिसिङ र सरु खत्रीको अभिनय भिडियोमा रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij