२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकको नयाँ शाखा कास्कीको तालचोकमा

नेपाल बैंकको नयाँ शाखा कास्कीको तालचोकमा

1.2K
Shares

काठमाडौं -नेपाल बैंकले कास्कीको पोखरा महानगरपालिका २७ लेखनाथ स्थित तालचोकमा नयाँ शाखा विस्तार गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसि र नेपाल बैक लिमिटेडका का.मु.प्रमुख कार्यकारी अधिकृत कृष्ण वहादुर अधिकारीले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख जिसिले बैंकहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । उनले नेपालको सबैभन्दा पुरानो बैंक कारोबार तथा सेवाको आधारमा समेत अब्बल बैंक बन्न सकोस् भनी शुभकामना समेत व्यक्त गरे ।

बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत अधिकारीले विगत ८ दशक यता नेपालमा बैंकिङ सेवा पुर्याउँदै आएको बैंकलाई वर्तमान पुस्ताको आवश्यकता वमोजिमका सबै आधुनिक सेवा सुविधा सहित प्रतिष्पर्धी ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij