काठमाडौं – अब नागरिकले सुन तथा चाँदीजस्ता बहुमूल्य धातु निक्षेपका रुपमा बैंकमा राख्न पाउने भएका छन्। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै बहुमूल्य धातु निक्षेपका रुपमा राख्न सकिने बताएका हुन्। यसले बहुमूल्य धातुको सुरक्षा हुने र चोरी हुनेजस्ता समस्या हट्ने सरकारको भनाई छ। हालसम्म बैंकहरुले नगद रकमलाई मात्रै निक्षेपका रुपमा जम्मा गर्दै आएका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij