२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएपछि मन्त्रीले दिइन् राजीनामा

आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएपछि मन्त्रीले दिइन् राजीनामा

1.4K
Shares

मेक्सिकोकी वातावरण मन्त्रीले आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएको भन्दै आफ्नो मन्त्री पदबाट राजीनामा नै दिएकी छिन् । जनताले आफ्नो कारण सास्ती पाएको भन्दै उनले पदबाट राजीनामा नै दिएकी हुन् । हुन त यो घटना उनको कारण भन्दा पनि राष्ट्रपतिको विशेष कारणले भएको थियो ।

मेक्सिकोकी वातावरण तथा प्राकृतिक संशाधनमन्त्री जोसेफा गोन्जालेज ब्लांकोले राष्ट्रपति आन्द्रेज म्यानुअल लोपेज ओब्रादोरसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन् । गत शुक्रबार उनका कारण विमानस्थलको एक व्यावसायिक जहाज उड्न ४० मिनेट ढिला भएको थियो । ‘राष्ट्रपतिको विशेष आग्रह’ का कारण भएको भनिएको उक्त ढिलाईपछि उनको आलोचना शुरु भएको थियो ।

मन्त्री ब्लांकोले आफ्ना कारण भएको ढिलाईप्रति माफी माग्दै राजीनामापत्र बुझाएको जनाइएको छ । उनले कुनै उच्च पदस्थ व्यक्तिका कारण यस्ता घटना हुन नहुने समेत जनाएकी छिन् । त्यस्तै, उनले मेक्सिकोमा परिवर्तन चाहने भए सबैलाई समान र न्यायिक व्यवहार हुनुपर्ने तथा कोही व्यक्तिका कारण बहुसंख्यक मानिसलाई हानी हुन नहुने समेत जनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij