काठमाडौं– उपत्यकाका विभिन्न स्थानमा बम विस्फोट भएपछि गृहमन्त्री रामबहादुर थापाले ३ वटै सुरक्षा प्रमुखहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
गृहमन्त्री थापाले गृह मन्त्रालयमा नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्। ‘गृहमन्त्रीले सुरक्षा प्रमुखहरूलाई हाइ अलर्टमा बस्न र सुरक्षा सतर्कता बढाउन भन्नुभएको छ,’ गृहका एक अधिकारीले भने।
सुकेधारा र घट्टेकुलोमा बम विस्फोट हुँदा विप्लवकै कार्यकर्ताको मृत्यु हुन पुगेको र त्यस विषयमा थप अनु्सन्धान भइरहेको नेपाल प्रहरी प्रमुख आइजिपी खनालले गृहमन्त्रीसमक्ष जानकारी गराएका थिए। आइजिपी खनालले सोमबार आह्वान गरेको नेपाल बन्दको सूचना आउनु अघि नै आफूहरूले सुरक्षा व्यवस्था थप कडा पारिएको बताएका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij