२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुखमा यस्ता खटिरा छन् भने क्यान्सरको संकेत हुन सक्छ

मुखमा यस्ता खटिरा छन् भने क्यान्सरको संकेत हुन सक्छ

6.6K
Shares

सबैभन्दा धेरैलाई लाग्ने रोगमध्ये क्यान्सर पहिलो नम्बरमा छ । नेपालमा मात्र नभएर विश्वमा नै क्यान्सरको अवस्था उस्तै छ । हाम्रो अव्यवस्थित जीवनशैली र अव्यवस्थित खानपिनका कारण क्यान्सरका बिरामी बढेका हुन् । क्यान्सर सरुवा रोग नभए पनि विश्वका धेरैजसो मानिस क्यान्सर रोगबाट ग्रसित छन् । खानपानमा ख्याल गर्ने हो भने क्यान्सर रोगबाट धेरै हदसम्म बच्न सकिन्छ ।
जंकफुड, र–फुड, केमिकल हालेको सागसब्जीका कारण पनि मुखको क्यान्सर हुन सक्छ । क्यान्सरबाट बच्न नुन कम हालेको खानेकुरा खानु उत्तम हुन्छ। बिहान–बेलुका खाना खाएपछि राम्रोसँग मुखको सफाइ गर्नुपर्छ । खाना खाएपछि कुल्ला गर्न बिर्सनु हुँदैन । सन्तुलित खाना, हरियो सागपात, फलफूल सेवनमा जोड दिनुपर्छ ।
मुखको क्यान्सरको प्रमुख कारण भनेको सुर्तीजन्य पदार्थको सेवन हो । मद्यपान, सुपारीजन्य पदार्थ खानु, अखाद्य पदार्थ, रासायनिक पदार्थको प्रयोग गर्नु हो । मुखको क्यान्सर भएका बिरामीमा ९० प्रतिशभन्दा बढी सुर्ती सेवनका कारण बिरामी हुने गरेका छन् । सुर्तीजन्य पदार्थको सेवन छाड्ने हो भने मुखको क्यान्सरबाट बच्न सकिन्छ । मद्यपान पनि मुखको क्यान्सरको कारण हो । जुनसुकै प्रकार र मात्राको रक्सी सेवन गर्दा पनि मुखको क्यान्सर हुन सक्छ मद्यपान गर्दा सुर्तीजन्य पदार्थ धूम्रपानको पनि सेवन हुने गरेको प्रशस्तै भेटिन्छ । सुर्ती र रक्सी सँगै सेवन गर्दा मुखको क्यान्सर हुने सम्भावना १५ गुणाले बढ्छ । मुखमा आएका स–साना खटिरालाई सामान्य रूपमा लिनु हुँदैन । मुखमा विभिन्न खालका दाग देखिन सक्छ । कहिलेकाहीँ घाउ नदुख्न सक्छ । यो क्यासरको संकेत पनि हुन सक्छ । त्यस्तो अवस्थामा चिकित्सकलाई तत्कालै देखाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij