काठमाडौं– महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पुर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त भएकी छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले उक्त घोषणा गर्दै ई२ओ गाडीको चाबी खतिवडालाई प्रदान गरे । उक्त गाडी वातावरण मैत्री विद्धुतीय गाडी हो ।
अग्नि इन्कर्पोरेटेडको ब्राण्ड एम्बेसडरमा आफु आवद्ध हुन पाएकोमा पुर्व मिस नेपाल खतिवडाले हर्षित हुँदै आफु निकै खुसि भएको कुरा संचारकर्मीहरु माझ ब्यक्त गरिन ।
आफुलाई विद्धुतीय गाडी धेरै वर्ष अघि देखि मन परेको बताएकी खतिवडाले एम्बेसडर घोषणा हुँदै गाडी प्रदान गर्नु भएकोमा अग्नि ग्रुपका कार्यकारी निर्देशक शर्मा तथा समस्त अग्नि ग्रुप परिवारलाई धन्यबाद तथा आभार ब्यक्त गरिन ।
अग्नि ग्रुपका कार्यकारी निर्देशक शर्मा र खतिवडाले संयुक्त रुपमा बिगत तिन बर्षदेखी महिन्द्रा बोलेरो पिक–अप खरिद गरि उद्यम संचालन गर्दै आएका २५ जना बोलेरो पिक–अप ग्राहकहरुका एसईई दिएर बसेका उत्कृस्ट २५ छोराछोरीहरुलाई जनही २५ हजार रुपैयाँका दरले प्रसंसापत्र, पुरस्कार र रकम प्रदान गरे ।
अग्नि फाउण्डेसनबाट २५ हजार राशिको पुरस्कार तथा प्रसंशा पत्र प्राप्त गर्ने सबै बोलेरोका सेवाग्राहीहरुले कार्यक्रममा खुशी व्यक्त गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij