२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकका ग्राहकले भेनस हस्पिटलमा छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले भेनस हस्पिटलमा छुट पाउने

1.6K
Shares

काठमाडौं– भेनस हस्पिटलमा उपचार गराउँदा एनआईसी एशिया बैंकका गाहकले छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र भेनस अस्पतालको तर्फबाट हस्पिटलका निर्देशक श्रीराम ढकालले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार बैंकका कर्मचारी/ बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई भेनस हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको छुट प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij