२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्रोत नखुलेको ३१ लाख नगद सहित २ जना पक्राउ

श्रोत नखुलेको ३१ लाख नगद सहित २ जना पक्राउ

1.3K
Shares

काठमाडौं-श्रोत नखुलेको ३१ लाख नेपाली नगद सहित काठमाडौं महानगरपालिका-३१ बाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर जगाती बस्ने ५० वर्षीय राजभाई सञ्जु र झापा चारपाने घर भई हाल काठमाडौं सिनामंगल बस्ने ३३ वर्षीय अभिषेक सादा रहेका छन् ।
महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा.१४ च ८९५९ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij