२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायक स्वरुप राज आचार्यको प्रतिज्ञा प्रेमको (भिडियोसहित)

गायक स्वरुप राज आचार्यको प्रतिज्ञा प्रेमको (भिडियोसहित)

2.7K
Shares

काठमाडौ – सुगम संगीतको क्षेत्रमा निकै रुचाइएका सदावहार गायक स्वरुप राज आचार्य र गायिका विमला गुरुङको स्वरमा सजिएको आधुनिक गीत ” प्रतिज्ञा प्रेमको” भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमिल जोडिको मनको भित्री भावनालाई समेटिएको छ ।

अर्जुन थापा मगरको शब्द तथा संगीत एवम एरेन्जमा गीत तयार पारिएको हो । मायालुलाई मायाको सुनौलो संसारमा लग्नको लागी गायक निकै हतारिएका छन । दुनियाँले मायाको बाटोमा फाटो बनाउन खोजेपनी प्रेम सधै सफल हुने कुरा लाई गीतमा सर्वोकृष्ट रुपमा ब्यक्त गरिएको छ ।

मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन भिडियोमा रहेको छ । ” प्रतिज्ञा प्रेमको” गीतको भिडियोमा अप्सना थापा र सुमन परियारको लोभलाग्दो अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij