२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुन चाँदी पसलको सटर फोड्दै गरेको अवस्थामा सात जना पक्राउ

सुन चाँदी पसलको सटर फोड्दै गरेको अवस्थामा सात जना पक्राउ

1.8K
Shares

काठमाडौं – काठमाडौं कागेश्‍वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित गौतम कुमार बिकको सुनचाँदी पसलको सटर फोड्दै गरेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।
पसलको सटरको ताल्चा फोड्दै गरेका भारत मोतीहारी घोडा सहनी घर भई हाल काठमाडौँ कागेश्‍वरी मनोहरामा सिरक डसना बनाई बस्ने १९ वर्षीय लड्डु कुमार सहित ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी विट मुलपानीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट सुन जस्तो देखिने पहेँलो धातु अन्दजी २२ लाल, चाँदी जस्तो देखिने सेतो धातु २ केजी, सटर काट्न प्रयोग गर्ने सलाई रेन्च २ थान तथा करिब १ लाख ४९ हजार रुपैयाँ बराबरको चोरी गरेको धनमाल समेत बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij