२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तिन बैंक मर्ज भएर एउटै बैंक बन्दै

तिन बैंक मर्ज भएर एउटै बैंक बन्दै

945
Shares

बुटवल- बुटवलमा केन्द्रीय कार्यालय रहेको मिसन डेभलपमेन्ट बैक लिमिटेड र तिनाउ विकास बैंक लिमिटेड एक आपसमा गाभिए पछि बन्ने संस्था तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडसँग प्राप्ति प्रक्रिया अन्तर्गत नेपाल कम्युनिटी डेभलपमेन्ट बैक पनि गाभिने भएको छ । बुटवलमा प्रधान कार्यालय रहेका तिनाउ र मिसन एकआपसमा गाभिने निणर्य गरेको केही महिना नबित्दै बुटवलमै प्रधान कार्यालय रहेको अर्को बैंक नेपाल कम्युनिटी डेभलपमेन्ट बैक पनि गाभिने सम्वन्धमा आज समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

तिनाउका प्रमुख कार्यकारी अधिकृत प्रदीप कुमार श्रेष्ठ, मिसनका प्रमुख कार्यकारी अधिकृत हरी प्रसाद घिमिरे र नेपाल कम्युनिटीका प्रमुख कार्यकारी अधिकृत राजन खनाल लगायतका उच्च कर्मचारी र सञ्चालकहरुको उपस्थिति रहेको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा तिनाउ बिकास बैकका तर्फबाट अध्यक्ष राजेन्द्र प्रसाद वझा, मिसन डेभलपमेण्ट बैकका तर्फबाट अध्यक्ष टिकाराम घिमिरे र नेपाल कम्युनिटी डेभलपमेण्ट बैकका तर्फबाट अध्यक्ष पशुपति घिमिरेले हस्ताक्षर गरेका छन् ।

तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटि डेभलपमेन्ट बैंक बीच १ बराबर १ स्वाप रेसियो रहने गरी प्राप्ति गर्ने र ३ वटै बैंकहरुको मर्जर र प्राप्ति सम्पन्न भएपश्चात बैंकको नाम तिनाउ मिसन डेभलपमेन्ट बैंक नै रहने छ । यो मर्जर प्राप्ति पश्चात बैंकको कूल चुक्ता पूँजी १ अर्ब ४१ करोड ९९ लाख ६० हजार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij