२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई बैंकका कार्डवाहकलाई बि एण्ड सी अस्पतालमा ५० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका कार्डवाहकलाई बि एण्ड सी अस्पतालमा ५० प्रतिशत छुट

1K
Shares

काठमाडौं– ग्लोबल आइएमई बैंक र बि एण्ड सी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ।

सम्झौता अनुसार मेडिकल कलेज झापामा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट,प्रिभिलेज कार्ड लिएका ग्राहक र बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट पाउने छन् ।

बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिन अस्पतालसँग सम्झौता गरेको बताएको छ।सम्झौतापत्रमा मेडिकल कलेजका जनसम्पर्क अधिकृत प्रोमिश गिरी र बैंकका बिर्तामोड शाखा प्रबन्धक पवनकुमार पौडेलले हस्ताक्षर गरे।

बैंकका देसभरि १३७ शाखा, २६ एक्सटेन्सन काउण्टर र राजश्व संकलन काउण्टर, १४५ एटिएम, १४० शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij