२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरकारी अधिकृतको मनोमानीः सरकारी ५९० रोपनी पत्नीलगायतका नाममा

सरकारी अधिकृतको मनोमानीः सरकारी ५९० रोपनी पत्नीलगायतका नाममा

1.7K
Shares

जुम्ला गुठीचौर गाउँपालिका–४ मा रहेको राष्ट्रिय भेडाभाख्रा अनुसन्धान फार्मको तीन लाख वर्गमिटर जग्गा तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले पत्नी, छोरी र नातागोताका नाममा दर्ता गराएको पाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा डिबी बुढाले लेखेका छन् ।

अभिलेख अनुसार जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत न्यौपानेले सेवामा रहेका बेला (२०६६) पत्नीसहित १४ जना नातागोताका नाममा पाँच सय ९० रोपनी जग्गा दर्ता गरेका हुन् । न्यौपाने अहिले सेवानिवृत्त छन् ।

न्यौपानेले पदीय अधिकार दुरुपयोग गरी भेडाबाख्रा अनुसन्धान कार्यक्रमको जग्गा पत्नी, छोरी र नातागोताको नाममा दर्ता गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij