२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोंगबु एरियाबाट २८ यौनकर्मी पक्राउ

गोंगबु एरियाबाट २८ यौनकर्मी पक्राउ

6.6K
Shares

काठमाडौं -काठमाडौंको गोंगबु एसियाबाट प्रहरीले २८ जना यौनकर्मीलाई पक्राउ गरेको छ । अनैतिक क्रियाकलाप सञ्चालन हुने गरेको भन्ने स्थानीयहरुबाट गुनासो आएपछि प्रहरीले उक्त एरियामा रहेका खाजा घर तथा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरेको विशेष कर्डन एण्ड सर्च अप्रेशनको क्रममा पुजा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
बिजि मल नजिक सञ्चालनमा रहेको पुजा रेष्टुरेन्टमा अनैतिक क्रियाकलाप हुने गरेको भन्ने सूचनाको आधारमा सो रेष्टुरेन्टमा छापा मारिएको प्रहरीले जनाएको छ ।
सो रेष्टुरेन्टका सञ्चालक बर्ष ३० को सौगात क्षेत्रीलाई प्रहरीले सोधपुछ गर्ने क्रममा क्षत्रीले प्रहरीलाई रेष्टुरेन्ट चेकजाँच नगर्न भन्दै १८ हजार नगद घुस समेत दिएका थिए ।

प्रहरीले क्षेत्रीसहित २८ जनालाई नै नियन्त्रणमा लिई थप सोधपुछ तथा अनुसन्धान गर्ने कार्य भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij