बलिउड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरविरुद्ध लगाएको ‘मिटु’ को आरोप गलत साबित भएको छ । तनुश्रीले करिब ७ महिना पहिले नाना पाटेकर र गणेश आचार्यले उनीमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् । सन् २००८ मा ‘हर्न ओके प्लीज’ को शुटिङमा तनुश्रीमाथि उनीहरुले यौन शोषण गरेको आरोप लगाउँदै उनले ओशिवारा पुलिस स्टेशनमा एफआईआर दर्ता गराएकी थिइन् । प्रहरीका अनुसार उनले करिब १२/ १५ जना साक्षीको बयान दर्ता गराएकी थिइन् । जसमा सलमान खानकी अभिनेत्री डेजी शाह पनि थिइन् ।
डेजी सो समयमा गणेश आचार्यको असिस्टेन्ट थिइन् । भने अन्य ब्याकग्राउन्ड डान्सर र त्यस समय त्यहाँ उपस्थित कर्मचारी थिए । जसमध्ये कसैले दिएको बयान पनि तनुश्रीसँग मेल खाने थिएनन् ।
डेजी शाहले उक्त घटना याद नभएको भन्दै बयान दिइन् । प्रहरीले बयान दिएकाहरुको रेकर्ड सुन्दा कोहि पनि तनुश्रीको समर्थनमा थिएनन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij