काठमाडौं– राष्ट्रिय वाािणज्य बैंक शाखा कार्यालय दरबारमार्गमा बुधबारबाट सेफ डिपोजिट लकर सेवा शुभारम्भ भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो लकर सेवाको उुद्घाटन गरेका छन् । प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रथम लकर सेवा संचालक गिता थापा मगरलाई लकरको सांचो प्रदान गर्दै बैंकको आफ्नै प्रशस्त पार्किङ र सुरक्षित स्थान भएकोले ग्राहकले सस्तो र सुलब दरमा यो सेवा उपभोग गर्न सकिने बताए ।
बैंककले काठमाडौं उपत्यकामा मूख्य शाखा कार्यालय विशालबजार, कर्पोरेट शाखा, बानेश्वर शाखा, पुल्चोक शाखा, नक्साल शाखाबाट लकर सेवा संचालन गरिरहेको छ । हाल करिब तिन हजार वटा लकर सेवा शाखाले संचालनमा ल्याएको छ । लकर सेवाको वार्षिक भाडा दर १ हजार ५ सय देखि ३ हजारसम्म पर्ने छ । महालक्ष्मी बचत खाता हुनेलाई वार्षिक भाडामा २५ प्रतिशत छुट दिने बैंकले जनाएको छ ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij