२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सनराइज बैंकको सोलुखुम्बुको किन्जामा बैंकिङ्ग सेवा

सनराइज बैंकको सोलुखुम्बुको किन्जामा बैंकिङ्ग सेवा

1K
Shares

काठमाडौं– सोलुखुम्बुस्थित किन्जा, लिखुपिके गाँउपालिका, वडा नंं ५ मा सनराइज बैंकले सीमित बैंकिङ्ग इकाई सञ्चालनमा ल्याएको छ । चाँडै नै शाखा विस्तार गर्ने योजनाका साथ बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, बैंकका संचालक दिपक नेपाल, लिखुपिल्के गाँउपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले संयुक्त रुपमा सीमित बैंकिङ्ग इकाईको उद्घाटन गरेका हुन् ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०५ वटा शाखा, २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२० वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने बैंकको योजना छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij