२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौंको ढुंगेधारामा प्रभु बैंकको नयाँ शाखा

काठमाडौंको ढुंगेधारामा प्रभु बैंकको नयाँ शाखा

1K
Shares

काठमाडौं– प्रभु बैंकले काठमाडांै महानगरपालिका वडा नं. १५ स्थित ढुंगेधारामा नयाँ शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । बैंकको ढुंगेधारा शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले एक समारोहका बीच उद्घाटन गरे ।
डेपुटी गभर्नर श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न स्थानहरुमा आप्mनो शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई आप्mनो गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेकोमा अब ढुंगेधाराबासीहरुले नजिकबाट विना झण्झट प्रभु बैंकको बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्ने अवसर प्राप्त भएको बताए ।

शाखा कार्यालय उद्घाटन कार्यक्रमका अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij