२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

११७ वर्षीयाको जीवनकथाः एकमात्र छोरो बचाउन नुवाकोट थानसिङको यात्रा

११७ वर्षीयाको जीवनकथाः एकमात्र छोरो बचाउन नुवाकोट थानसिङको यात्रा

2.3K
Shares

काठमाडौं – छोरालाई डोकोमा बोकी सिन्धुपाल्चोकको बाँसबारी गिरानचौरबाट हिंडेर बाटुली लामिछानेले नुवाकोट बसाई सरको ७१ वर्ष पुग्यो । यो समाचार आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेखेका छन् ।
त्यतिबेला उनले ४५ टेकेको थियो । चार छोरामध्ये तीन छोरा र एक छोरीको अकालमा मृत्यु भएपछि विरक्तिएकी बाटुली एक मात्र छोरालाई जसरी पनि बचाउने सोचमा थिए । त्यसैले सिन्धुपाल्चोबाट नुवाकोट जिल्लाको ककनी–८ स्थित थानसिङ्गमा आफन्तकोमा आश्रय लिन पुगे ।

अहिले ११७ वर्ष टकेकी बाटुलीेले शनिवार उनकै निवासमा आयोजित सम्मान कार्यक्रममा आफ्ना दुःखका विगत सुनाए । तोतेबोलीमा मुश्किलले आफ्ना विगत सुनाउँदै भने, “ आफन्तले सानो छाप्रो बनाएर बसाइको बन्दोबस्त मिलाए । त्यही छाप्रोमा बाँचेको ‘धनमाथिको रातीगेडी’ एक छोरालाई दुःखका साथ हुर्काएँ ।”

उनका पाँचौँ पुस्ता नुवाकोटको ककनीमा हुर्किंदै गर्दा बाटुलीलाई हेर्न र आर्शिवाद लिन भन्दै कयौ मानिस थानसिङ्ग पुग्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij