२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको २१.२५ प्रतिशत बोनस शेयर पारित

कुमारी बैंकको २१.२५ प्रतिशत बोनस शेयर पारित

1.1K
Shares

काठमाडौं– कुमारी बैंकले आफ्ना सेयरधनीहरुलाई २१ दशमलव २५ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको सत्रौ र अठारौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७३/०७४ को चुक्ता पुँजीको १२ दशमलव ७५ प्रतिशत र २०७४/०७५ को ८ दशमलव ५ प्रतिशत गरि कुल २१ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ६८ करोड हुनेछ ।

उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७३/०७४ र आ.व २०७४/०७५ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

त्यस्तै, बैंकले चालु आर्थिक वर्षको ९ महिनामा कुल निक्षेप ७७ अर्ब २९ करोड परिचालन तथा कुल कर्जा रकम ७३ अर्ब २४ करोड प्रवाह गरी संचालन मुनाफा १ अर्ब ४२ करोड तथा १ अर्ब खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

हालसम्म बैंकले बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि ८८ शाखा संजाल, ८३ एटिएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij