२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारतीय महिला एक लाख अमेरिकी डलरसहित पक्राउ

भारतीय महिला एक लाख अमेरिकी डलरसहित पक्राउ

1.3K
Shares

काठमाडौं – काठमाडौंबाट भारतको मुम्बइ जान लागेकी एक भारतीय महिलाको साथबाट विमानस्थल प्रहरीले १ लाख अमेरिकी डलर बरामद गरेको छ। प्रहरीले एक लाख अमेरिकी डलरसहित भारतीय महिलालाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षा प्रहरी कार्यालयले वन्दना सोनीलाई पक्राउ गरेको हो ।
विमानस्थलका प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारीले दिएको जानकारी अनुसार भारतीय नागरिक मतदाता परिचय पत्र नं. वाईबीबी २१२५०८६ वाहक उनी नेपाल एयरलाइन्सको उडान नं. आरए २०१ मार्फत भारतको मुम्बई जान लागेकी थिइन् ।
शंकास्पद लागेर सोधपुछ गर्ने क्रममा उनको साथबाट अवैध डलर भेटिएको थियो । लगत्तै, बरामद डलसहित उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij